- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आम जनता पार्टीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।
आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वाससहित जीतको अग्रिम बधाई एवं शुभकामनासमेत व्यक्त गर्दछु,’ साहले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको तेस्रो राष्ट्रपति पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन् ।