arrow

सरोजकुमारले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
saroj-kumar-upadhaya.jpg

काठमाडौं । जलविद्युत उद्यमी एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्जिनियर सरोजकुमार उपाध्याय नेपालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालका भाइसमेत रहेका नेपालले शंखमुलको एक कफीसपबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

काठमाडौको शंखमुलस्थित रेस्टुरेन्टको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि प्रहरीले नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

 ‘करिब पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनले हाम फालेको देखिएको छ’,प्रहरी स्रोतले भन्यो । 

तीन दिनदेखि बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलामा बस्ने गरेका नेपालले शनिबार दिउँसो २ बजेतिर छतबाट हाम्फालेका हुन् । उनी गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा गएका उपाध्याय केही कुरा गर्दैन थिए । 

उनले एक्लै कफी र चुरोट पिउने गरेका थिए । ‘अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेछ । शनिबार भने उनी हाम्फालेको देखियो’, प्रहरी स्रोतले भन्यो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि उनी टेबुलमाथि चढेको देखिएको बताए । उनका अनुसार  खम्बामा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । ‘के भएको हो अनुसन्धान भैरहेको छ’, एसएसपी कार्कीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ