arrow

जनप्रतिनिधिलाई मिडिया र जनताले खेदेको खेद्यै गर्छन् : मुख्यमन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
Khagraj.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मिडिया र जनप्रतिनिधिबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा दरार देखिएको गुनासो गरेका छन् । 

निर्वाचित संस्थालाई बलियो र सवलीकरण गर्नका लागि मिडिया र निर्वाचित जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा पहिरो नै जाने गरि दरार देखिने गरेको बताए ।

प्रेस क्लब गण्डकीको पहिलो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले जनप्रतिनिधिलाई मिडिया र जनताले सैतानको जस्तो व्यवहार गरेकोमा आपत्ति जनाए ।

उनले माननीयहरुलाई मिडिया र जनताले खेदेको खेद्यै गरेको गुनासोसमेत गरे । उनले भने, ‘मानीयहरु मानौं की यस्ता हुन्, यी त सैतान नै हुन्, मिडियाले पनि खेदेको खेद्यै गर्छ । हेर ५० हजारको जुत्ता लगाछ भन्ला जस्तो, हेर घर त यस्तो बनाको भन्ला जस्तो, यो माननीय भनेको त बनाउन चाहिँ जनप्रतिनिधि बनाउनी, जनताले पनि उसलाई टोकेको टोक्यै हुन्छ, यी मिलेर बाँडेर खाए भन्छन् ।’

मुख्यमन्त्री अधिकारीले प्रेस जगतले नै नेपाल र नेपालको सार्वभौमसत्तामाथि आक्रमण गरिरहेको आरोप पनि लगाए । 

उनले प्रश्न गरे, ‘राष्ट्रिय स्वार्थलाई भन्दा अस्थिरतातर्फ उन्मुख गराउने काम भइरहेको छ । अस्थिरताले के गर्छ, देशलाई बलियो बनाउँछ ?’ यस्तो पाराले देश र व्यवस्थालाई बलियो नबनाउने उनको जिकिर थियो । 

मुख्यमन्त्री अधिकारीले सञ्चार जगतमा राष्ट्रिय लगानी हुनुपर्नेमा जोड दिंदै लगानी कहाँबाट र कसले गर्यो भन्ने नखुल्दा स्वार्थ बाझिने दाबी गरे ।

‘सञ्चार जगतको लगानी राष्ट्रिय लगानी भयो भने हाम्रो हातमाथि हुन्छ । नेपाली भाषामै लेखेको छ, सम्पादकको नाम नेपाली नै छ,’ उनले भने, ‘लगानी कहाँबाट छ भन्ने हो भने अनि त्यसको स्वार्थ त त्यहीं हुन्छ नि !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ