arrow

क्रान्तिकारी माओवादी र नेकपा मशालबीच एकता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
mashal.jpg

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नेकपा क्रान्तिकारी माओवादी र नेकपा मशालसँग एकता प्रक्रियाअघि बढाउने भएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिको पोखरामा भएको चौथो पूर्ण बैठकले यस्तो निर्णय लिएको हो ।

फागुन १४ देखि १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, ध्रुवीकरण र कार्यगत एकतालाई अख्तियार गर्ने निर्णय लिएको छ ।

क्रान्तिकारी माओवादी र मशालसँग पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिले तयार गरेको मस्यौदामा छलफल गरी एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउने निर्णय बैठकले लिएको छ ।

नेकपा बहुमतले लघुवित्त, मिटरब्याज जस्ता चरम शोषण, उत्पीडन अन्त्य गर्न सम्पूर्ण लघुवित्तीय संस्थाको खारेजी, जनताको लगानी फिर्ता र ऋण मिनाह गराउन जनसंघर्ष गर्ने जनाएको छ । यस्तै, सबै वाणिज्य बैंकबाट जनतामा ऋण दिँदा ब्याज ५ प्रतिशतमा नबढाउने व्यवस्था गर्न राज्यसँग माग गरेको हो ।

बैठकपछि पार्टी संयोजक कञ्चनद्वारा जारी प्रेस विज्ञप्तिमा बन्द गरिएका भृकुटी कागज कारखाना, चिनी कारखाना, धागो कारखाना लगायतका सम्पूर्ण राष्ट्रिय उद्योग सञ्चालन गर्न आन्दोलन गर्ने र किसानका लागि आवश्यक मल उत्पादन गर्न मल कारखाना लगायत हरेक पालिकामा एक-एक सरकारी उद्योग सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय भएको उल्लेख छ ।

शिक्षा र स्वास्थ्यमाथि हुँदै आएको व्यापारीकरणको अन्त्य गरी आम जनताको शिक्षा र स्वास्थ्यका लागि निःशुल्क व्यवस्थाका लागि संघर्ष गर्ने पार्टीको निर्णय छ ।

यसअघि सरकारसँग भएको ३ बुँदे सहमति गरेको तीन वर्ष पुग्दा पनि झुट्टा मुद्दामा बन्दी बनाइएका नेता तथा कार्यकर्तालाई नछाड्ने सरकारी रवैयाको भत्र्सना गर्दै सम्पूर्ण राजबन्दीको यथाशीघ्र रिहाइका लागि संघर्ष गर्ने निर्णय बैठकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ