arrow

लोसपा नेताले मनाए होली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
mahantha-losapa.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ ।

लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्र झाले जानकारी दिए । होली पर्वको पूर्व सन्ध्यामा नेताहरूले काठमाडौँमा होली मनाएका हुन् ।

यस वर्षको होली पर्व आज पहाडमा र तराईमा भोलि मङ्गलबार मनाइनेछ । कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसहित उल्लेख्य सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो ।

यसअघि होली पर्वको पूर्व सन्ध्यामा मिथिला संस्कृति समाजले शनिबार माइतीघर मण्डलामा फगुवा उत्सव आयोजना गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ