arrow

दुई बस आपसमा ठोक्किँदा कम्तीमा सातको मृत्यु, २३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
accident-final-1618290232.jpg

इस्लामाबाद । पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आइतबार साँझ सडकमा गुडिरहेका बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा परेर चार जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

त्यसैगरी पाकिस्तानको उत्तरी चिलास नगरमा शनिबार राति भएको अर्को दुर्घटनामा परेर तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी यात्रु घाइते भएका थिए । सो स्थानमा बस खोँचमा खसेको थियो । त्यसमा रहेका २० जना भन्दा बढी यात्रु घाइते भएका बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ