arrow

मैले कृषि मन्त्रालय लिए अचम्म गर्न सक्छु : डा. शशांक कोइराला [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
shashank koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद . डा. शशाङ्क कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने बताएका छन् ।

उनले भने “हुन त मलाई कृषिमन्त्री बन्न मन छैन । तर मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको कुरा गर्नसक्छु भन्ने त्यो विश्वास मसँग छ”। कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने कुरा नेता कोइरालाले दोहोर्याए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा शुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै कोइरालाले सम्भावना हुँदाहुँदै पनि जमिनहरु बाँझो राख्नु दुर्भाग्य भएको बताए ।

“अहिले गाउँमा गयो भयो जमिनहरु बाँझो र रित्तो छन्” उनले भने, “हामीले कृषिलाई प्रोत्साहन गर्नुपर्यो ।” सरकारले कृषिलाई अनुदान दिनसक्नुपर्ने भन्दै नेता कोइरालाले कृषिमा सरकारले एक प्रतिशत पनि बजेट छुट्याउन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ