arrow

राजेन्द्र लिङ्देनलाई भेटेर पौडेलले मागे भोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
ramchandra-poudel-rajendra-lingden.jpg

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन् ।

जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन् । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिँदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।

निर्वाचन फागुन २५ गते हुँदैछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ