arrow

दुर्गा प्रसाईको उक्साहटमा लागेर कालोमोसो दस्ता सञ्चालन गर्ने शम्भु थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
shambhu-thapa-kalomoso-durga-prasai.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको उक्साहटमा लागेर ‘कालोमोसो’ अभियान दस्ता सञ्चालन गर्ने शम्भु थापा चितवनबाट पक्राउ परेका छन् । 

बैक तथा वित्तीय संघ संस्थाबाट प्रवाह भएको ऋण नतिर्ने उद्घोष गरेका प्रसाईको उक्साहटमा कालोमोसो अभियान सञ्चालन गरेका थापालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।  

थापालाई मंगलबार साँझ भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए । 

उनका अनुसार बैक तथा वित्तीय संस्थालाई आतंकित पारेको, भ्रम फैलाएको विषयमा अनुसन्धान भैरहेको छ । उनी विवादास्पद मेडिकल व्यवसायी प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक र कालोमोसो दस्ताको संयोजक हुन् । 

उनलाई केही कुरा बुझ्न मात्रै पक्राउ गरिएको जानकारी दिँदै कार्कीले के के भएको रहेछ त्यसबारे अनुसन्धान गर्ने जनाए । 

प्रसाईले बैक तथा वित्तीय संस्थाले चर्को ब्याज लिएको भन्दै त्यस बारेमा आन्दोलन आह्वान गरेका थिए । यो विषयमा गृह प्रशासन संवेदनशील भएर देशभरका बैक तथा वित्तीय संस्थालाई सुरक्षा दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ