arrow

बालेन र महेशबीच ‘लञ्च मिटिङ’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
balen-mahesh-basnet.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेकपा एमालेका नेता महेश बस्नेतलाई भेटेका छन् । बस्नेतलाई भेट्न बालेन उनकै निसा भक्तपुर गुन्डु पुगेका हुन् । 

बुधबार बिहान दुवैबीच भएको भेटलाई निकै नै अर्थपूर्ण तरिकाले हेरिएको छ । बस्नेत बालेनको कार्यशैलीप्रति निकै नै रुष्ट थिए । मेयर साहले विकास निर्माणको नाममा भत्काउने र कानूनको समेत ख्याल नगरेको भन्दै बस्नेतले उनका कदमविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट आलोचना र टिप्पणी गर्दै आएका छन् ।

विशेष गरी बस्नेतकोसमेत लगानी रहेको बुद्धनगरमा अवस्थित अल्फाबिटामा आक्रमण गरेपछि बालेनसँग बस्नेत खुवै रिसाएका थिए । त्यसयता उनले बालेनको कार्यको आलोचनामात्र गर्दै आएका थिएनन् तर्साउँदै पनि आएका थिए । 

त्यसो त साह पनि चुप लागेर बसेका थिएनन् । उनले पनि खुलेआम नै कडा टिप्पणी गर्दै आएका थिए । महानगरले पार्किङ खुल्ला गर्ने क्रममा डोजर लगाउँदा बस्नेतले गरेको टिप्पणीमाथि जवाफ दिँदै ‘नियम पालन सबैले गर्नुपर्छ कमरेड‚ बरु हजुरको घरको नक्सा छ कि छैन’ भनेका थिए । 

बस्नेतको घरमा ‘लञ्च मिटिङ’ नै गरेर फर्केका साहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेको बुझिएको छ । बस्नेतले पनि राम्रा कामहरुमा आफूहरुको सधै साथ रहने र सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ । 

सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित नेता बस्नेतको निवासमा पुगेका बालेन र बस्नेतबीचको छलफल काठमाडौै र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । 

मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला ९कुण्ड०, पाथिभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकनसमेत गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ