arrow

दुई महिनामा साढे तीन सय बालिका तथा महिला हिंसाबाट पीडित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
INSEC.png

काठमाडौं । इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी गर्दै हिंसाको अवस्था सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गरेका छन् । 

‘देशभरिबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अभिलेख अनुसार सन् २०२३ को जनवरीदेखि हिजो मार्च ७ सम्म बालिका र महिला गरी ३ सय ४९ जना पीडित भए ।’–विज्ञप्तिमा भनिएको छ ।

इन्सेकले यो अवधिमा १ सय १ जना बालिका र २ सय ४८ जना महिला पीडित भएका जनाएको छ । अभिलेखित घटना अनुसार बालविवाहका घटनामा पाँच जना, बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना, बलात्कारका घटनामा ७४ जना र यौन दुर्व्यवहारका घटनामा १९ जना बालिका पीडित भए ।

त्यसैगरी सन् २०२३ को यो अवधिमा घरेलु हिंसामा परी १ सय ९३ जना महिला पीडित भए । बहुविवाहका घटनामा १३ जना, बलात्कार प्रयासका घटनामा सात जना, यौन दुर्व्यवहारका घटनामा दुई जना, बलात्कारका घटनामा ३० जना र बेचबिखन तथा ओसारपसारका घटनामा तीन जना महिला पीडित भएका घटना अभिलेख गरिएको छ ।

इन्सेकका अध्यक्ष डा. अर्यालले १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘यस अवसरमा हामी महिला तथा बालिकामाथि हुने कुनै पनि किसिमको हिंसा विरुद्ध शून्य सहनशीलता दर्शाउन सम्बन्धित सबैलाई आह्वान गर्दछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ