arrow

चैतमा हुने तिलोत्तमा गोल्डकप फुटबलको तयारी पूरा

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २४ बुधबार
22-th-tilottima-guldcup-3.jpg

रुपन्देही । तिलोत्तमा गोल्डकप फुटबल आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । कोरोनाका कारणा रोकिएको प्रतियोगिता चार वर्षपछि हुन लागेको आयोजक रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष लोक पुनले जनाएका छन् । संघले बुधबार बुटवलस्थित एन्फा एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 

प्रतियोगिताको तयारी पूरा गरिएको आयोजकले पत्रकार सम्मेलनमा बताएको छ । कुल ८ वटा टिमको सहभागिता हुने तिलोत्तमा गोल्डकपको विजेताले नगद पुरस्कार ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष पुनले बताए ।

गोल्डकपमा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख वा मोटरसाइकल प्रदान गरिनेछ । साथै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई नगद ३०/३० हजार दिइने छ ।

प्रतियोगितामा कुल १ करोड ८ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । उक्त प्रतियोगितामा करेन्ट रुपन्देही ११, थ्री स्टार, नेपाल पुलिस, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, एपीएफ, सुदूरपश्चिम ११ र हिमालयन शेर्पाले सहभागिता जनाउने भएका छन् ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता शुरु भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको सो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म ७ वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ०६५ सालमा सञ्चालन भएपनि ०६६ मा रोकिएर फेरि ०६७ सालमा संचालन भएको थियो ।  ०६८ देखि ०७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ०७१ सालमा संचालन भए पनि पछिल्लो पटक ०७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ