arrow

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपति निर्वाचनमा जाने जसपाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
jasapa-candidates-2079.jpg

काठमाडौं । आज हुने राष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आफ्ना सांसदहरूलाई भेला हुन निर्देशन दिएको छ ।

जसपाले बिहान आफ्ना सांसदहरूलाई पार्टी कार्यालय बालकुमारीमा उपस्थित हुन भनेको हो ।

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
 
बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । जसपाले कांग्रेस नेता पौडेललाई समर्थन गरेको छ ।

जसपाका सङ्घीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ ।

त्यस्तै आजै जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ