- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले धुलोमैलोबाट उठेर आएको हुनाले जनताको काम गर्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा भोट हालेर फर्केपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पौडेलले तलबाटै माथि आएको हुनाले राष्ट्रपति भएपछि जनताकै काम गर्ने प्रतिक्रिया दिएका हुन् ।
उनले भने, धुलोमैलोबाट आएको एउटा किसानको छोरा हो । त्यसले मलाई यो एउटा पदमा पुग्दैमा कुनै भिन्न फरक पार्दैन भन्ने मलाई लाग्छ ।’
उनलाई नौ दलको साथ रहेको छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ रहेका छन् ।
पौडेलले आफू संविधानको पालनामा सम्झौता नगर्नेसमेत बताएका छन् ।