arrow

नौ दलीय गठबन्धनबाट रामसहायप्रसाद यादव उपराष्ट्रपतिका उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
ram-sahaya-prasad-yadav_bara-2-jasapa-mp-2079-2022.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको हो । 

योसँगै यादव नौ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन् । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि यही गठबन्धन एकजुट भएको थियो । त्योसँगै राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीसँगै स्वतन्त्र सांसदहरुलेसमेत यो गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत हालेका थिए । 

गगठबन्धनको सहमति अनुसार राष्ट्रपति नेपाली कांग्रेसले र उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । 

पूर्वमन्त्री यादव प्रतिनिधि सभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । 

यादवलाई उपराष्ट्रपति बनाउने भएसँगै बारा २ मा उपनिर्वाचन गर्नुपर्ने देखिन्छ । उक्त निर्वाचन बैशाख १० गते हुनेछ । यसअघि चितवन २ (रास्वपा सभापति रवि लामिछाने अवैध भएपछि) र तनहुँमा (रामचन्द्र पौडेलले जितेको क्षेत्र) मा बैशाख १० गते निर्वाचन हुने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । 

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

उनी सरकारमा जाँदा आफू उपप्रधानमन्त्रीसहित पार्टीलाई सरकारमा सहभागी गराउने योजनामासमेत रहेको स्रोतले बताएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ