arrow

यस्तो छ मुम्बईमा उपचाररत चन्द्र भण्डारीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
chandra-bhandari-treatment-update-2079-11-22.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको छ । सो अस्पतालमा उपचार थालेको २२ औं दिनसम्म आइपुग्दा उनको पछिल्लो अवस्था अनुसार शरीरका सबै पारामिटर सामान्य रहेका छन् । 

परामर्श चिकित्सक डा. शिल्पा केश्वनीले स्थानीय समयअनुसार साँझ ६ं३० बजे दिएको जानकारी अनुसार अक्सिजनको मात्रा दुई लिटरमा झारिएको छ । फिजियोथेरापी पनि भएको छ । 

त्यस्तै कोलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिएको छ । डा. भण्डारीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । अस्पताल प्रशासन र चिकित्सकहरुले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।

डा. सुनील केश्वानीले कोलमी गरेको स्थानहरुको अवलोकन र मूल्यांकनपछि केही ठाउँको सर्जरी शनिबार वा सोमबार गर्ने बताएको अस्पतालबाट डा. भण्डारीका दाजुले जानकारी दिएका छन् । 

फागुन ३ गते राति काठमाडौंको घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका डा. भण्डारी फागुन ४ गतेदेखि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत छन् । 

सो घटनामा परी उनकी आमाको भने फागुन ४ गते बिहान निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ