- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो ।
उपराष्ट्रपतिमा जनमतसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ । योसँगै नौ दलीय गठबन्धनमा नयाँ ट्विस्ट देखिएको छ ।