arrow

नौ दलीय गठबन्धनको कार्यदलले सकेन उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार दिउँसो बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्नेगरी बिहीबार बिना निष्कर्ष टुंगिएको हो । निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।

बिहीबार कार्यदलको बैठक बसिरहेका बेला नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे जानकारी लिएका थिए ।

जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराए । पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्नेगरी टुंगिएको हो । 

गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी थियो भने नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् । 

तर जसपालाई उपराष्ट्रपति दिएर कोर्स करेक्सन नहुने भन्दै कांग्रेस भने अरुलाई दिनेमा लागेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ