arrow

सत्ता गठबन्धनको बैठक जारी, टुंगो लगाउँदै उपराष्ट्रपतिका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
gathabandhan-9party-2079-11-27.jpeg

काठमाडौं । उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो । 

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया शुरु भैसक्दासमेत दलहरुले अहिलेसम्म संयुक्त उम्मेदवार खडा गर्न सकेका छैनन् । उपराष्ट्रपतिका लागि बिहान ९ देखि दिउँसो २ बजेसम्मको उम्मेदवारी मनोनयनको समय रहेको छ । 

गठबन्धनमा पहिले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको तर अहिले नयाँ तरिकाले छलफल अगाडि बढेको बुझिन्छ । जसपालाई उपराष्ट्रपति र अन्य दललाई रोजाइको मन्त्रालय दिएर सहमति खोज्न सकिने सम्भावना कायमै रहेको पनि दलका नेताहरुले बताएका छन् । 

यद्यपि नेपाली कांग्रेसले भने कोर्स करेक्सन भन्दै जसपालाई उपराष्ट्रपति दिन नसकिने बताएको छ । उपराष्ट्रपतिका लागि जसपा, लोसपा, नागरिक र उन्मुक्ति पार्टी लालायित छन् । 

उता एमालेले पनि उम्मेदवारको टुंगो लगाउन अहिले सचिवालय बैठकमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ