arrow

गठबन्धन दश दलीय, मिसिए प्रभु  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
gathabandhan-10-parties-गठबन्धन.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ नौ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएसँगै सत्ताधारी गठबन्धन दश दलीय बनेको हो । 

गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपतिको उम्मेदवारी दिने निर्णय गरेको छ । जसपाका उम्मेदवारलाई सघाउने गरी गठबन्धनको बैठक टुङ्गिएको छ । 

गठबन्धन आवद्ध दलमध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका थिए ।

तर गठबन्धन उक्त निचोडमा पुगेको हो । निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भनेपछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिँदै जाँदा जसपालाई नै सहयोग गर्ने भएको हो । 

जसपाले यसअघि रामहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अब भने महिला उम्मेदवारको खोजी गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ