arrow

सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
balochistan-pakistan-army-soldiers-killed.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।  पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ ।

 ‘अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्’, सेनाको विज्ञप्तिमा भनिएको छ । 

मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ