arrow

कम्युनिष्ट एकताको पहल गरिने प्रचण्डको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
maoist-centre-permanent-committee-2079.jpg

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने उल्लेख गरे ।

“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन”, उनले भने, “शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।”

प्रधानमन्त्री दाहालले भने, “माओवादी धारका कम्युनिष्ट घटकबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । त्यसपछि केही दिनमा समाजवादी मोर्चा बन्छ ।”



नयाँ