arrow

आँधिखोलामा डुबेर कुशलको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
death photo.jpg

स्याङ्जा । स्याङ्जाको वालिङस्थित आधिँखोलामा डुबेर एक किशोरको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं. ८ घुम्ती बस्ने १५ वर्षीय कुशल भुषालको डुबेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शनिबार दिउँसो आफ्नो दुई जना साथीसहित वालिङ नगरपालिका वडा नं. ८ मालेबगरस्थित आधिँखोलामा पौडी खेल्नेक्रममा भुसाल डुबेर बेपत्ता भएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा भुषाल बेहोस अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

उनको उपचारको क्रममा ज्यान गएको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ