arrow

सिन्धुलीमा बस ‘ब्रेक’ फेल : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
accident-final-1618290232.jpg

ओखलढुङ्गा । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस  सिन्धुलीको  फिकल गाउँपालिकामा ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको  खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ