arrow

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २८ आइतबार
Jill stariya-rastrapati-khel-mukhyamantri-lila giri-Final-5.jpg

रुपन्देही । बुटवलमा आइतबारदेखि १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन लुम्बिनी  प्रदेशका मुख्यमन्त्री लिला गिरीले गरेका छन् । 

मुख्यमन्त्री गिरीले खेलको खेलकुद एउटा महत्वपूर्ण विधा भएको भन्दै खेलको माध्यमबाट अन्तर्राष्ट्रिय देशहरुसँग सम्बन्ध गाँस्न सकिने र हाम्रा पूर्खाहरुले प्राप्त गरेको वीर गाथालाई खेलकुदकै माध्यमबाट दुनियाँमाझ चिनाउन सकिने बताए । तर जति खेलकुदतिर ध्यानदिनु पर्ने हो त्यति दिन नसकेको स्वीकार गरे । 

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री हरीले आफूहरुको दायित्वमा परेको यो प्रतियोगितालाई ढिलै भए पनि सञ्चालन गर्न थालेको बताउँदै, आर्थिक संकटताका बाबजुत पनि यो प्रतियोगिता सञ्चालन गर्न थालेको बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँण, देवदह नगरपालिका प्रमुख ध्रुबप्रसाद खरेललगायत विभिन्न पालिका प्रतिनिधि र स्कुलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाले सहभागिता जनाएको भएका छन् । जिल्लाका १६ वटा पालिकामध्ये अन्य ५ वटा पालिकाहरुले सहभागिता जनाएका छैनन् । 

प्रतियोगितामा फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सर्ट फुट तथा ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ सय मिटर हुनेछ ।

रिलेतर्फ ४–१ सय मिटर, ४–४ सय मिटर, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु लगायत खेलहरु हुने र खेलमा छात्र–छात्रा दुवैलाई समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षत्री (हरिले) बताएका छन् ।

बुटवल उपमहानगरपालिका वडा न–७ दीपनगरस्थित सिद्धेश्वरी खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था र मेडिकल दस्तालाई चुस्त बनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ