- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतमा मुद्धा परेपछि माओवादी घटकहरु वामपन्थी दलका नेताहरुलाई भेटघाट गर्न थालेका छन् । आइतबार मात्रै पत्रकार सम्मेलन गरेर शान्ति प्रकृया खल्बल्याउन लागेको भन्दै त्यसको प्रतिवाद गर्नै प्रतिबद्धता जनाएका नेताहरु साँझ पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न पुगेका छन् ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’ खनाललाई भेट्न डल्लु पुगेका थिए । उनीहरुबीच करिब दुई घन्टा भएको कुराकानीमा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।
उनका अनुसार कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । कुराकानीको क्रममा वामपन्थीहरु बीचको वाम एकताको सम्भावनाको बारेमा पनि छलफल भएको थियो ।
भेटघाटको क्रममा विप्लव र प्रकाण्डले माओवादी जनयुद्धको विषयमा अदालतमा मुद्धा परेको र त्यसले मुलुकको शान्ति प्रकृयालाई असर पर्ने भन्दै त्यस विषयमा सबै वाम एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अर्धभूमिगत रहेका विप्लवहरु शान्ति प्रकृया आएका थिए । उनीहरुले आफ्ना कार्यकर्ता अझै नछुटेको भन्दै सरकारले धोका दिएको आरोप लगाउँदै आएका छन् ।