arrow

प्रमिलाको उम्मेदवारी फिर्ता, उपराष्ट्रपतिमा अब तीन जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
candidate-vice-president-2079.jpg

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा जसपाका तर्फबाट महिला उम्मेदवार रहेकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले पार्टीकै तर्फबाट उठेका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । 

उनले रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताउँदै आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् । 

निर्वाचन आयोगले दिएको अन्तिम समय सिमासम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएपछि मतपत्रमा भने उनको नाम रहनेछ । अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।

योसँगै आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि तीन जना उम्मेदवार मैदानमा रहनेछन् । 

अब जसपाबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ