arrow

राष्ट्रपति रनिङ शिल्डः एथ्लेटिक्समा ८ स्वर्णको टुंगो

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २९ सोमबार
karate-2.jpg

रुपन्देही । बुटवलमा शुरु भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन शत्रको पहिलो दिनको खेलमा एथ्लेटिक्सतर्फ ८ स्वर्णको टुंगो लागेको छ । प्रतियोगितामा तिलोत्तमा नगरपालिका ५ स्वर्ण, २ रजत, १ कास्य पदकसहित अगाडि छ ।

बुटवल उपमहानगरपालिका ३ रजत र ३ कास्य सहित दोस्रो तथा सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिका १ स्वर्ण १ रजत र १ कास्यसहित तेस्रो स्थानमा छ ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीको आयोजनामा दीपनगर स्थित रहेको सिद्धेश्वरी स्कुलको खेलमैदानमा भएको एथ्लेटिक्स खेलको छात्रतर्फ १५ सय मिटर दौडमा गैडहवा गाउँपालिकाका उमेश बरईले ४ मिनेट ४४.२८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण चुमेका छन् । तिलोत्तमाका सुजन किशन द्वितीय र बुटवल उपमहानगरपालिकाका बेल बहादुर मगर तृतीय भएका छन् । छात्रातर्फ सिद्धार्थ नगरपालिकाका कुसुम ठगुन्नाले ५ मिनेट ५२.१३ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारे ।

यसैगरी छात्र १ सय मिटर दौडमा तिलोत्तमाका राजन थापाले स्वर्ण, बुटवलका विकास कार्की दोस्रो र शुद्धोधनका सुरज खत्री तेस्रो भए । छात्रातर्फ तिलोत्तमाका रोजी थापाले स्वर्ण, सिद्धार्थनगरकी प्रगति ज्ञवालीले दोस्रो र कन्चन गाउँपालिकाकी आरती क्षेत्री तेस्रो भइन् । छात्रतर्फ ४ बाई ४ सय मिटर रिलेमा तिलोत्तमाका युवराज थारु, राजन थापा, हिमाल पाण्डे र प्रविण कुँवरको टिमले स्वर्ण जित्न सफल भएको छ । बुटवलका दिपक विक, दर्शन विक, मेघराज कंँडेल र सुशिल चौधरीको टिम दोस्रो भयो भने सिद्धार्थनगर नगरपालिकाका राज परियार, रोशन आलेमगर, सचिन चौधरी र कमल थापाको टिम तेस्रो भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

छात्रातर्फ पनि तिलोत्तका रोजी थापा, रजनी थारु, रिया थापा र एलिना थारुले स्वर्ण जिते । बुटवलका कृति पराजुली, लक्ष्मी भुषाल, रक्षा थापा र अनिशा कँुवरको टिम दोस्रो भए भने सियारीका आरती केवट, पवित्रा चौधरी, स्नेहा चौधरी र दिब्या थारुको टिम तेस्रो भएको छ । छात्रतर्फ लङजम्पमा सियारीका विजय कुमार यादव प्रथम, तिलोत्तमाका कुलप्रसाद कँुवर दोस्रो तथा बुटवलका संगम सोमरे तेस्रो भए । छात्रातर्फ तिलोत्तमाका रजनी थारु प्रथम, सियारीका निशा चौधरी दोस्रो र बुटवलकी लक्ष्मी बलामी तेस्रो भईन् ।

मार्शल आर्ट अन्तर्गत कराँते प्रतियोगितामा बुटवलले ३ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । तिलोत्तमाले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ । देवदहले १ रजत र १ कास्य जितेको छ । छात्र ४२ केजी तौल समूहमा तिलोत्तमाका आदित्य अर्यालले स्वर्ण जितेका छन् । बुटवलका पवन बुद्ध थापा रजत र बुटवलकै सुशान्त खत्री तथा तिलोत्तमाका दिप्सन थापा कास्य पदक जितेका छन् । ४७ केजीमा बुटवलका अभिनाश जिएमले स्वर्ण जितेका छन् । देवदहका प्राईम गुरुङले रजत तथा बुटवलका सिजन गुरुङ र तिलोत्तमाका अंकित बस्नेत कास्यमा चित्त बुझाए । ५२ केजी छात्रमा बुटवलका राहुल चौधरीले स्वर्ण जिते, तिलोत्तमाका मन्दिप जिएमले रजत र कञ्चन गाउँपालिकाका कुनाल भण्डारी र रोहिणी गाउँपालिका अमन घर्तीले कास्य जितेका छन् ।

यसैगरी तेक्वादोतर्फ छात्र ४५ केजी तौलमा सिद्धार्थनगरका मोहम्मद सोयबले स्वर्ण जितेका छन् । बुटवलका अर्जुन मगरले रजत जिते । ४८ केजी तौलमा बुटवलका सपन थापाले स्वर्ण जिते भने कञ्चनका सम्बिधान पुनले रजत जिते । ५१ केजी तौल समूहमा सैनामैनाका असिम पोखरेलले स्वर्ण जिते भने कञ्चनका सिजन थापाले रजत पदक जिते । छात्रातर्फ ४२ केजी तौल समूहमा बुटवलकी अनुष्का तामाङले स्वर्ण जितिन् । सैनामैनाकी मनिका सुनारले रजत पदक जिते । ४४ केजीमा बुटवलकी रोशनी तामाङले स्वर्ण जितिन भने कञ्चनका एन्जल तामाङले रजत जिते । ४६ केजी तौल समुहमा बुटवलकी रुपा बुढाथोकीले स्वर्ण जित्दै प्रदेशमा छनौट हुन सफल भईन् । खेल बिहान ७ बजेदेखि साँझ ६ बजे सम्म हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ