arrow

पोलियो विरुद्धको अभियान, एक करोड ४० लाखलाई दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
polio-drop.jpeg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका बिरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान शुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।

सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान शुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा यहाँका कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताइएको छ ।

त्यसपछि अर्को अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।

सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन् ।

यसअघि पनि यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ