arrow

राष्ट्रपति रनिङ शिल्ड: बुटवल-तिलोत्तमाबीच कडा प्रतिष्पर्धा

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २९ सोमबार
volleyball-rastrapati-running-shield.jpg

रुपन्देही । आइतबारदेखि बुटवलमा शुरु भएको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो दिनसम्म बुटवल उपमहानगरपालिकाले ११ स्वर्ण, ९ रजत र ३ कास्य प्राप्त गरेर अग्रपंक्तिमा छ । तिलोत्तमा नगरपालिकाले ११ स्वर्ण,३ रजत र ३ कास्य पदक ल्याएर बुटवलसंग प्रतिष्पर्धामा देखिएको छ ।

प्रतियोगितामा बुटवलले मार्शल आर्टमा सानदार अंकले अगाडि छ भने  तिलोत्तमाले एथ्लेटिक्समा आफ्नो पकड जमाएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा दीपनगरस्थित सिद्धेश्वर खेलमैदानमा जारी खेलमा एथलेटिक्सतर्फ तिलोत्तमा नगरपालिकाले ११ स्वर्ण, ३ रजत ३ कास्य, बुटवल उपमहानगरपालिकाले १ स्वर्ण, ९ रजत, ३ कास्य, सिद्धार्थनगर नगरपालिकाले ३ स्वर्ण, १ रजत, ३ कास्य, गैडहवा गाउँपालिकाले २ स्वर्ण १ रजत २ काश्य, सैनामैना नगरपालिकाले १ स्वर्ण २ रजत १ काश्य, कञ्चन गाउँपालिकाले १ रजत २ काश्य, सियारी गाउँपालिकाले १ रजत र शुद्धोधन गाउँपालिकाले ३ काश्य जित हात पारेका छन् ।

बुटवल उपमहानगरपालिकाले तेक्वान्दोमा ४ र कराँतेमा ६ स्वर्ण जितेको थियो । तिलोत्तमा नगरपालिकाले कराँतेमा १ स्वर्ण, सिद्धार्थनगर नगरपालिकाले तेक्वान्दोमा १ स्वर्ण, सैनामैना नगरपालिकाले तेक्वान्दोमा १ स्वर्ण र देवदह नगरपालिकाले कराँतेमा १ स्वर्णमा चित्त बुझाएको छ ।

तेक्वान्दो ६, कराँते ८, छात्रछात्रा भलिबल- कबड्डी ४ र एथलेटिक्समा २४ गरी कुल ४२ स्वर्णको प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा प्रत्येक पालिकाबाट ८० जना खेलाडी, प्रशिक्षक गरी १ हजार जना सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिका अनुसार मंगलबार अन्तिम दिन हुने प्रतियोगितामा ४ बाई एक सय रिले, आठ सय मिटर दौड, छात्र/ छात्रा कबड्डीको फाईनल र ज्याबलिङ थ्रो खेल हुने बताईएको छ ।

प्रतियोगिता अन्तर्गत छात्र/ छात्रा भलिबलको फाइनलमा बुटवल र तिलोत्तमा भिड्ने भएका छन् ।  छात्रतर्फको पहिलो सेमीफाइनलमा तिलोत्तमाले शुद्धोधनलाई २५–१६, २५–१७ तथा दोस्रो खेलमा बुटवलले सिद्धार्थनगरलाई २५–१७, २५–१४ सेटले जित्दै फाईनल भिडन्त पक्का गरेका छन् ।

छात्रातर्फ पहिलो सेमीफाईनल खेलमा बुटवलले सैनामैनालाई २५–९, २५–५ तथा दोस्रो सेमीफाईनलमा तिलोत्तमाले कञ्चनलाई २५–९, २५–१० सेटले पराजित गर्दै फाईनल खेल सुरक्षित गरेका छन् । ५ ईभेन्टमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ