arrow

माओवादी घटकको आजको कार्यक्रम रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
maoist-party(1).jpg

काठमाडौं । माओवादी घटकका पार्टी तथा समूहले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँगको छलफल कार्यक्रम रद्द भएको छ । 

छलफल स्थल तथा अन्य तयारी पुरा नहुँदा बुद्धिजीवीहरूसँगको छलफल कार्यक्रम स्थगित एको बताइएको छ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरूले विभिन्न कार्यक्रम घोषणा गरेका छन् । 

त्यसमध्ये आज माओवादी घटकले विस्तृत शान्ति सम्झौताका बारेमा नागरिक अगुवा र बुद्धिजीवीहरूको राय लिने तयारी गरेको थियो । छलफल कुन दिन बस्ने बारे घटकले फेरि टुङ्गो लगाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ