arrow

एक करोडको लगानीमा ‘रिभर बैंक इको रिसोर्ट’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
River Bank Eco resort.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्याङ्खुदी लेखनाथमा ‘रिभर बैंक इको रिसोर्ट’ सञ्चालनमा आएको छ । 

युवा व्यवसायी शोशिभ भुर्तेलले एक करोड लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । सो रिसार्टमा पोखराबाट २५ मिनेटमै पुग्न सकिन्छ । रिसोर्ट सञ्चालनसँगै पोखराको पर्यटनमा टेवा उनको विश्वास छ । 

सञ्चालक भुर्तेलका अनुसार रिसोर्टमा गाउँकै अर्गानिक खानाको मज्जा लिन पाइन्छ । लोकल कुखुरा, खसी र माछाका स्वाद रिसोर्टमा पाउन सकिन्छ । रिसोर्टको वरिपरी शान्त वातावरण छ । शहरदेखि केही पर गाउँमा बस्न चाहनेहरुका लागि रिसोर्ट उपयुक्त छ । 

साथै रिसोर्टमा अन्यत्रको तुलनामा सरल मूल्य रहेको सञ्चालक भुर्तेल बताउँछन् । स्वदेशमा नै केही गर्नेपर्छ भन्ने उद्देश्यसहित आफू व्यवसायमा लागेको भनाइ उनको छ । 

‘पछिल्लो समय हामी जस्ता युवाहरु प्रदेश जाने बाध्यता छ । तर मैले त्यसो गरिन । सानै भए पनि पोखराको न्यूरोडमा फुडबैंक सञ्चालनमा ल्याएँ । अहिले रिसोर्ट सञ्चालनमा ल्याएको छु । विदेश जाने सोंच छैन । आशा छ, सबैको माया रिसोर्टलाई मिल्नेछ ।’

रिसोर्टको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र महासचिव भूपेन्द्रराज सुवेदीले संयुक्तरुपमा शुभारम्भ गरेका थिए । 

संघका अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिसोर्ट सञ्चालन गर्नु ठूलै हिम्मत भएको बताए । उनले युवाहरु अब स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर विदेशबाट फर्किनुपर्नेमा जोड दिए । सरकारले पनि युवाहरुलाई व्यवसायमा आकर्षण गराउने खालका सबल नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ