arrow

विश्वासको मत लिन प्रचण्डले थाले यस्तो तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो साता भित्रै विश्वासको मत लिने तयारी थालेका हुन् । त्यस विषयमा दश दलीय गठबन्धनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।  

प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी थालेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिले सम्मकै  सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए ।

राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ