arrow

रुसी लडाकू विमानले काला सागरमा खसाल्यो अमेरिकी ड्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
black-sea-russia.jpg

काठमाडौं । रुसी लडाकू विमानले अमेरिकी ड्रोन खसालेको छ ।  रुसी लडाकू विमानहरूले बुधबार काला सागरमा अमेरिकी ड्रोन एमक्यू-९ रिपरलाई खसालेका हो । 

योसँगै दुई देशबीच टकराबको अवस्था सिर्जना भएको छ ।  रुसी लडाकू विमान र अमेरिकी ड्रोन काला सागरमा परिक्रमा गर्दा उक्त घटना भएको अमेरिकाको दाबी छ । 

अमेरिकाले दुई रुसी एसयू-२७ लडाकू विमानले पहिले अमेरिकी ड्रोनलाई घेरा हालेर माथिबाट इन्धन खसाले र काला सागरमा खसालिएको दाबी गरेको छ ।

अमेरिकी वायुसेनाका जनरल जेम्स ह्याकरले रुसको कार्यलाई अत्यन्तै गैरजिम्मेवारपूर्ण र उत्तेजकको संज्ञा दिएका छन् । 

अर्कोतर्फ रुसले अमेरिकाको आरोप अस्वीकार गरेको छ । रुसले लडाकू विमानहरू कुनै पनि अमेरिकी ड्रोनसँग सम्पर्कमा नआएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ