arrow

इमरानको घर बाहिर झडप जारी

मार्ने षड्यन्त्र रचिएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
imran-khan-pakistan-2022.jpg

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई विदेशी सरकारबाट प्राप्त उपहारहरू सरकारी कोष (तोशखाना) मुद्दामा पक्राउ गर्न खोजेको भन्दै समर्थकले पाकिस्तानमा हङ्गामा जारी राखेका छन् । 

खानलाई पक्राउ गर्न लाहौरस्थित उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच मंगलबारबाट निवास बाहिर झडप जारी छ । 

बुधबार बिहान ६ बजेदेखि इमरानका समर्थक र प्रहरीबीच फेरि झडप सुरु भएको छ । 

प्रहरीले इमरानका समर्थकमाथि अश्रुग्यास प्रहार गरिरहेको छ । यसै क्रममा इमरानका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।

मंगलबार अदालतको आदेशमा इस्लामाबाद प्रहरीको टोली इमरान खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घर पुगेको थियो । 

इमरानका समर्थकहरूको धेरै घण्टाको कोलाहलपछि पनि पाकिस्तानी प्रहरीले पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्न भने सकेको छैन । 

मंगलबार साँझदेखि सुरु भएको तनावपूर्ण स्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेको छ ।

मंगलबार इमरानका सयौँ समर्थक पनि त्यहाँ पुगे र विरोध प्रदर्शन गर्दै गर्दा प्रहरीलाई धकेल्दै लाठी हान्न थाले । 

त्यसपछि तनाव निकै बढ्यो र यस्तो अवस्थामा प्रहरीले इमरान खानका समर्थकमाथि लाठीचार्ज गरेको थियो । 

यसैबीच, इमरान खानले आफ्नो एउटा भिडियो जारी गर्दै आफूलाई जेलमा राखेर मार्ने षड्यन्त्र रचिएको बताएका छन्।  यस षड्यन्त्रको पछाडि पाकिस्तानको वर्तमान सरकार रहेको बताएका छन्। 

यसैबीच अध्यक्ष खानले पनि मंगलबार राति नै आफू पक्राउ हुन मानसिक रूपमा तयार रहेको बताएका थिए ।

प्रहरीले १० दिनअघिदेखि पक्राउ गर्न खोजी रहेको छ । खानमाथि उनी प्रधानमन्त्री हुँदा तोशखानामा नबुझाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाइएको छ। 

सरकारी कोषबाट २ करोड १५ लाखमा किनेको र बेचेर करिब ५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको पूर्व प्रधानमन्त्रीले निर्वाचन आयोगलाई बताएका थिए । 

खानको अपिलमाथि आज सुनुवाइ हुँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ