arrow

यी हुन् कांग्रेसले गरेका निर्णयहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगमी बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

यी हुन् कांग्रेसले गरेका निर्णयहरु (विज्ञप्ति)
चैत्र १, २०७९
प्रेस विज्ञप्ति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बस्यो । बैठकमा उपसभापति श्री पूर्णबहादुर खड्काले २०७९ पौष १० गते पश्चात मुलुकमा विकसित राजनीतिक घटनाक्रम एवं गठबन्धन दलहरुका बीचमा भएका परामर्श, छलफल र सहमतिका विषयमा बैठकमा जानकारी गराउनु भएको थियो । तत्पश्चात, महामन्त्री श्री गगनकुमार थापाले निर्णयार्थ बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिमको निर्णयहरू गरेको छ ।

निर्णयहरुः
१.     २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका तत्कालीन नेता, केन्द्रीय कार्यसमितिका तत्कालीन सदस्य श्री रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक वधाई प्रकट 
गर्दछ । छ दशक भन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उहाँले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललाई सफलता प्राप्तिका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।

२.    २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका नेपाली कांग्रेसका तत्कालीन नेता एवं केन्द्रीय कार्यसमितिका तत्कालीन सदस्य 
श्री रामचन्द्र पौडेललाई सहयोग र समर्थन गर्ने राजनीतिक दलहरू एवं आफ्नो अमुल्य मत दिनु भई निर्वाचित गराउनु हुने संघीय संसद र प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरुप्रति केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछ ।
    
    साथै, राष्ट्रपति पदको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग नेपाल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्ण संचारकर्मी लगायत सम्बन्ध सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछ ।

३.    २०८० बैशाख १० गते हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत निर्देश गर्ने ।

शोक प्रस्ताव

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा रामबहादुर ठकुरीको फागुन ९ गते; चितवन क्षेत्र नं. १ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको फागुन २५ गते; नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव एवं नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व सदस्य राजु नेपालको ममतामयी माता पूर्णकुमारी नेपालको फागुन १० गते; गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको पिता लोकराज बरालको फागुन २६ गते; कास्कीका क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, पूर्व जिल्ला सदस्य विष्णुप्रसाद पौडेल, डिल्लीरमण पौडेल र चन्द्रप्रसाद पौडेलका माता भागीरथी पौडेलको फागुन २० गते; नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सदस्य श्याम लामाको ममतामयी माता धनलक्ष्मी तामाङको फागुन ११ गते; परराष्ट्रविद् अरुण सुवेदीका पिता टीकाप्रसाद सुवेदीको फागुन १ गते; धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ७ निवासी रामएकवाल साह; स्याङ्जा जिल्ला पुतलीबजार न.पा. निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सुनिल अर्यालको निधनप्रति कार्यसम्पादन समितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण 
गर्दछ । 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु-याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

जय नेपाल !

 कृष्णप्रसाद पौडेल
    मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ