arrow

दश दलीय गठबन्धनको बैठक बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
10party-meeting-gathabandhan.jpg

काठमाडौं । उपराष्ट्रपति निर्वाचन र सरकार विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । 

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै गर्दा गठबन्धनको बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी भएका छन् । 

गठबन्धनबाटै उपराष्ट्रपतिका लागि दुई जना उम्मेदवार भएसँगै गठबन्धन दलहरु विभाजित भएका छन् । त्यसको समाधान खोज्ने प्रयाससमेत बैठकमा भएको छ । 

यद्यपि बुधबार बेलुकी सकिएको बैठकले कुनै निर्णय भने गर्न सकेन । गठबन्धनको बैठक बिहीबार बस्ने गरी सकिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ