- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन। संविधान जारी भएपछि सामान्य संशोधन गर्नुपर्ने १९३ ऐन संशोधन गरी पारितका लागि संसद्को विधायन समितिमा पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार भरतपुरमा आयोजना गरेको ‘संविधान र कानुनमा भएका समावेशी अधिकार, कानुनी सहायता र सञ्चारमाध्यमको भूमिका’ विषयको अन्तक्र्रियामा कानुनमन्त्री अग्निप्रसाद खरेलले छिट्टै ती कानुन संसद्मा पेस हुने र कार्यान्वयनमा आउने बताए ।
मन्त्रालयले हालसम्म गरेको प्रक्षेपणअनुसार सङ्घीय ११०, प्रादेशिक २२ र स्थानीय छ कानुन निर्माण गर्नुपर्ने देखिएको छ । आउँदो हप्तासम्ममा प्राथमिकताको सूची बन्ने बताउँदै उनले त्यसलगत्तै आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढ्ने बताए । संविधानमा कानुन निर्माणका लागि तीन वर्ष समय तोकिएको भए पनि यो संसद्को कार्यकाल अब दुई वर्ष बाँकी रहेकाले यसै अवधिमा कानुन निर्माण गरिसक्ने गरी काम अघि बढ्ने पनि उनले बताए । संविधान कार्यान्वयनका लागि मन्त्रालयले ‘हाम्रो संविधान, समावेशी संविधान’ भन्ने अभियानका साथ काम गरिरहेको छ ।