arrow

ठेकेदारले जथाभावी स्काभेटर थन्काइदिँदा व्यवसायी मारमा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ३ शुक्रबार
the-peero-restaurant-=butwal.jpg

रुपन्देही । बुटवलको चौराह-चिडियाखोला साढे तीन किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अलपत्र परिरहेका बेला त्यसको प्रत्यक्ष असर व्यवसायीलाई परेको छ । महंगो घरबहाल तिरेर व्यवसाय गर्दै आएका व्यवसायीहरु पछिल्लो समय घरबहाल समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । 

अझ थप मारमा परेका छन्, ट्राफिक चोकका तीन जना व्यवसायी । पहिलो सम्झौता समयावधि सकिएपछि दुई पटकसम्म म्याद थप गरेको निर्माण कम्पनी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन काठमाण्डौंको ढिलासुस्तीले निर्माण कार्य सम्पन्न नभएर आजित बनेका व्यवसायीको पसल अगाडि करिब ४ महिनादेखि स्काभेटर राखेकाले व्यवसायमा असर परेको नव दुर्गा पान पसल चलाउँदै आएकी सीता कँडेलले बताइन् ।

उनले भनिन्, 'यही सानो व्यवसायबाट दैनिकी चलाउने हो । अहिले बजारको पनि अवस्था खस्किदै गएकाले व्यापार पनि छैन । त्यसमाथि दायाँबायाँ ठाउँ हुँदा पनि हाम्रै पसल अगाडि ल्याएर स्काभेटर राखिदिनाले पसल देखिन्न । यो हटाउन धेरै पटक आग्रह गरे पनि सुनुवाई भएन ।'

द पिरो रेष्टुरेन्टकी सृजना विष्टले पनि रेष्टुरेन्टको अगाडि लामो समयदेखि निर्माण कम्पनीले स्काभेटर राखेकाले व्यवसायमा आएको मन्दीमा थप यसले पनि असर पुर्‍याएको गुनासो गरिन् । पछिल्लो समय व्यापार त्यसैपनि छैन, अझ त्यसमाथि पसल छेकिनेगरी राखिएको स्काभेटरले चिनेजानेका भन्दा अरु नआउने बताइन् ।

डेलिसियस लस्सी पसलका सञ्चालक विष्णु प्रसाद ढकालको पनि दुखेसो त्यस्तै छ । मासिक ३० हजारभन्दा माथि घरबहाल बुझाउनुपर्छ भन्दै उनले ६ लेन अधुरो सडकका कारण व्यवसायमा गिरावट आएका बेला ठेकेदारले यो स्काभेटर यहाँ राखेर नआएकाले यसबाट आफूहरु मारमा परेको बताए । 

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बुटवलका अध्यक्ष समुन्द्र जिसीले ठेकेदारको यसमा लापबाही देखिएको बताए । उनले बजारको मन्दी, चर्को घरबहालले व्यवसायीहरु कति पलायन भएको र कतिपय पलायन हुने स्थितिमा पुगेका बेला ठेकेदारले पसलकै अगाडि ल्याएर आफ्ना मेसिनरी हेबी इक्युवमेन्टहरु राख्न नपाईने जनाउँदै यदि यो बिग्रिएको हो भने खाली ठाउँ नभए आफ्नो स्थानमा लगेर राख्नुपर्छ, होईन भने अटेरी गरे कारबाही गरिनेसमेत जनाए ।

यस विषयमा द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रतिनिधि पेम्बा लामाले भने पसल अगाडि राखिएको बारेमा आफूलाई जानकारी नभएको बताए । त्यसो छ भने त्यसलाई तत्काल हटाउन लगाउने उनले प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ