arrow

बागमती सरकारले क्रिकेट खेलाडीलाई एक लाख पुरस्कार दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
nepal-cricket-2023-03-16.jpg

काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग-२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक-एक लाख पुरस्कार दिने घोषणा गरेको हो । 

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए  । 

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्‍याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो । विश्वकप लिग-२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ