arrow

युक्रेनी खाद्यान्नको निर्यात पुनः शुरु गर्ने तयारी

logo
एएफपी,
प्रकाशित २०७९ चैत ५ आइतबार
ukraine-grain-cargo.jpg

अङ्कारा ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसको आक्रमणपछि युक्रेनी खाद्यान्नको निर्यात पुनः शुरु गर्न अनुमति दिने सम्झौताको समयावधि थप्ने घोषणा गरेका छन् । 

“दुई पक्षसँगको वार्तापछि हामीले मार्च १९ मा म्याद सकिन लागेको सम्झौताको समयावधि बढाउने आश्वासन दिएका छौं,” एर्दोगानले टर्कीको टेलिभिजनबाट प्रशारण गरिएको एक सन्देशमा भने ।

एर्दोगानले यो सम्झौता कहिलेसम्म लम्ब्याइएको हो भन्नेबारे भने केही बताएनन् । यसअघि अङ्काराको एक आधिकारिक स्रोतले १२० दिनको म्याद थप गर्न चाहेको बताएको थियो भने रूस ६० दिनको म्याद थप्ने पक्षमा थियो ।

एर्दोगानले भने, “यो सम्झौता विश्वव्यापी खाद्य आपूर्तिका लागि महत्वपूर्ण छ । म रूस र युक्रेनलाई धन्यवाद दिन चाहन्छु, जसले नयाँ म्याद थपका लागि गरेको आफ्नो प्रयासलाई बेवास्ता गरेनन् । साथै, यसमा गरेको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवलाई पनि धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी २०२२ मा रूसले यूक्रेनमाथि गरेको आक्रमणका क्रममा युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाहहरू युद्धपोतका कारण बन्द भएका थिए । 

तर सन् २०२२ को जुलाईमा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा कीभ र मस्कोले हस्ताक्षर गरेको सम्झौताले अत्यावश्यक खाद्यान्न आपूर्तिको निर्यातलाई सुरक्षित रूपमा अघि बढाउन अनुमति दिएको छ । प्रारम्भिक सम्झौता नोभेम्बरमा मार्च १८ सम्म लम्ब्याइएको थियो ।

युक्रेन विश्वको शीर्ष उत्पादकहरूमध्ये एक हो । ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ नाम दिइएको सम्झौताले द्वन्द्वले निम्त्याएको विश्वव्यापी खाद्य सङ्कटलाई शान्त पार्न मद्दत गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ