arrow

प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
congress-flag3.jpg

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सकिएको छ । संसद भवनमा बिहान सम्पन्न बैठकले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

बैठकपछि जानकारी दिँदै महतले विश्वासको मत दिएरै सरकारमा जाने निर्णय भएको बताउँदै पार्टीबाट सरकारमा जानका लागि विभिन्न मापदण्ड रहेकाले सोही अनुसार नेतृत्वले चयन गर्ने पनि बताए । 

गत पुस २६ गते प्रतिपक्षमै भएर पनि विश्वसासको मत दिएको कांग्रेसले यसपालि विश्वासको मत दिएर सरकारमा जाने बताएसँगै प्रतिपक्षको कुर्सी पनि छाड्ने छ । 

महतले आजको प्रतिनिधि सभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ