arrow

नेकपा एसको महासचिवमा घनश्याम भुसाल, यी हुन् आधादर्जन निर्णयहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो । 

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो । 

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । 

यी हुन् बैठकका निर्णयहरु–
१, हालसम्मका महासचिब बेदुराम भुसाललाई उपाध्यक्ष उपाध्यक्ष मा मनोनयन गरियो ।
२, सचिवालय सदस्य घनस्याम भुसाललाई  महासचिवमा मनोनयन गरियो ।
३, सचिवालयमा उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र धर्मनाथ साहलाई मनोनयन गरियो । 
४, सरकारलाइ विश्वासको मत दिने ।  
५, हाम्रो पार्टी सत्ता पक्षमा बस्ने । 
६, सरकारमा जानेबारे परामर्श गर्ने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ