arrow

भूकम्पमा परी सोह्र जनाको मृत्यु, चार सय बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
equador-earthquake-2023-03-19.jpg

कुएन्का । शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाले ज्यान गुमाएका छन् । चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा ६.८ रेक्टर स्केलको भूकम्प भएको जनाएको छ । 

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । 

भूकम्पबाट भयभित बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ । 

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । 

भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ