arrow

सभामुखको अभिव्यक्तिप्रति प्रेम सुवालको आपत्ति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
Sequence 09.00_00_34_15.Still012.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको वैठकमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेले बोलेका विषयहरुप्रति आपत्ति जनाएका छन् । 

उनले 'सभामुख महोदयको एउटा समाचार आएको छ। एमाले, कांग्रेस जत्तिकै चित्रबहादुर केसी, प्रभु शाह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे।' उनले यस विषयमा अपात्ति जनाउदै भने, "सभामुख महोदय, यसरि तपाईबाट व्यक्त नभएको हुन सक्छ, मैले पनि यहाँको आवाज सुनेको हो। यहाँको होईन होला र यस्तो अभिव्यक्ति हुनुपनि हुँदैन। संसदमा बोल्नुपर्छ, एउटा संसद चलाउन मात्रै लाखौँ खर्च हुन्छ। यदि जनताको विषय यहाँ बोल्न नपाउने भए संसद चलाउनुको औचित्य छैन। 

यसैगरी सभामुखले पत्रकारहरुकोबारे बोलेका विषयमा पनि सुवालले ' हुन त पत्रकारहरुबारे यहाँले अध्ययन गरी भनेको हो भने छानविन समिति नै बनाउनु पर्यो तर सबै पत्रकार त्यस्तो नहोला, कुन-कुन हो पित पत्रकारिता चलाउने, त्यो सभामुखद्वारा एउटा छानविन समूह हुनुपर्यो। उनले सभामुखबाट उठेको विषय भनेको सार्वजनिक महत्त्वको विषय भएको हुनाले यस्तो विषयहरुको छानविन हुनुपर्यो भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ