arrow

हिमालयनलाई हराउँदै थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ५ आइतबार
tillottama-gold-cup-2079.jpg

रुपन्देही । ए डिभिजन टिम थ्री स्टार क्लब बुटवलमा शनिबारदेखि जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको हो । कडा प्रतिष्पर्धात्मक खेलमा हिमालयनलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टार विजयी भएको हो । 

दोस्रो हाफको ३८ औं मिनेटमा १८ नम्बर जर्सीका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निणर्यक बन्न पुगेको हो ।  खेलकाे म्यान अफ द म्याच थ्री स्टारका लाेकेन लिम्बू घोषित भए । उनले ११ हजार १ सय ११ रुपैयाँ, करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल उपमहानगरपालिका वडा न-११ एन्फा टेक्निकल सेन्टर देवीनगरमा जारी तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ वटा टिम सहभागी भएका छन् ।

उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ