arrow

आजबाट एस सत्ता पक्षको बेन्चमा बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
parliament-2079-10-18a.jpg

काठमाडौं । सरकारलाई विश्वासको मत  दिने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सोमबार विश्वासको मत प्रदान गर्न निर्णय गरेको उक्त पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभामा पार्टीका १० सदस्य छन् ।

सरकारलाई विश्वासको मत प्रदान गरेर पनि प्रतिपक्षमा बस्दै आएको पार्टीले पछिल्लो पटक विकास भएको राजनीतिक समीकरणमा सरकारलाई थप सहयोग गर्न सत्ता पक्षको भूमिकामा रही आवश्यक जिम्मेवारी निर्वाह गर्न लागेको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।  सरकारमा सहभागी बारे पार्टीले अवस्था हेरेर टुङ्गो लागउने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ