arrow

अमेरिकाको एक शहरमा कर्फ्यू

logo
सिन्ह्वा,
प्रकाशित २०७९ चैत ६ सोमबार
america-gun-shoot.jpg

वासिङटन । अमेरिकाको फ्लोरिडा राज्यको एक शहरमा हिंसाका घटना बढेपछि कर्फ्यू आदेश जारी गरिएको छ । सो राज्यको एक शहर मियामी बीचमा सो आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । सो शहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् ।

आइतबार यहाँ कर्फ्यू आदेश जारी गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् ।

यो आदेश अर्को सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

सो शहरमा शुक्रबार राति एक जनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एक जना सर्वसाधारण घाइते भएका थिए ।त्यसै गरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एक जनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरूको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।

दक्षिणी फ्लोरिडाको सो शहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो शहरका मेयरले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ