arrow

बटारिएको भन्दै प्रचण्डलाई एमालेले विश्वासको मत नदिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । अहिलेको अवस्थामा प्रचण्ड सरकारलाई विश्वासको मत दिन नसकिने एमाले संसदीय दलले निर्णय गरेको हो ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिँदै छन् । 

 ‘प्रचण्डमा कुनै पनि प्रकारको इमानदारी देखिएन, वामपन्थी सरकार बनाएकै भोलिपल्ट बटारिनु भयो’, संसदीय दलको बैठकमा ओलीको भनाई उद्यृत गर्दै एक सांसदले भने । 

वामपन्थी सरकार भत्काएर अर्कोतिर गठबन्धन बनाएकाले उनलाई विश्वासको मत दिन नसकिने एमालेको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ