arrow

एपीएफलाई स्तब्ध पार्दै फ्रेण्ड्स तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ६ सोमबार
tilottoma-friends-apf.jpg

रुपन्देही । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई स्तब्ध पार्दै फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा फ्रेण्ड्स क्लबले एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

निकै प्रतिष्प्रर्धात्मक रुपमा भएको खेलमा २-० को अन्तर भोगिरहेको एपीएफले एक गोल गरे पनि जितको लागि पर्याप्त हुन सकेन । फ्रेण्ड्सका तर्फबाट खेलको डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले एक एक गोल गरेका थिए । एपीएफको तर्फबाट इन्जुरी समयमा बिरेन्द्रले गोल गरेका थिए । 

म्यान अफ द म्याच फ्रेण्ड्स क्लबका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा जारी तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ वटा टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ